माप्य दुधकोशीको राहत शनिबारबाट वितरण, वडा नंबर ७ बाट सुरु

माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुले शनिबार वडा नंबर ७ बाट ...

माप्य दुधकोशीको राहत शनिबारबाट वितरण, वडा नंबर ७ बाट सुरु

 

 

बैशाख २७, काठमाडौं- माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुले शनिबार वडा नंबर ७, वाकुबाट राहत वितरण सुरु गरेको छ ।

वडा नंबर ७ का दुई सय ६१ घरधुरीलाई राहत बाडिएको गाउँले सहकर्मी  बलबहादुर राईले जानकारी दिएका छन् । गाउँपालिकाका उपाध्यक्ष जुनितामाया मगर र वडा नंबर ७ का वडा अध्यक्ष  सगुजित राईको नेतृत्वमा राहत वितरणको काम सुरु गरिएको हो । वडा नंबर ७ का बाँकि सय घरपरिवारलाई भने भोलि (आइतबार) राहत बाड्ने र त्यसलगतै वडा नंबर ६ वाकुका जनतालाई राहत वितरण गरिने सहकर्मी राईले जानकारी दिएका छन् । प्रति घर ३० केजी चामल, दुई केजी दाल र एक लिटर तेल राहतस्वरूप बाडिएको छ ।

राहत वितरण अभियानमा वडा नंबर ६ का वडा अध्यक्ष  दिनेशकुमार राई, नेकपा माप्य दुधकोशीका अध्यक्ष गौरव राई र अन्य जनप्रतिनिधिहरुको सहभागी रहेको जनाइएको छ । कोरोना भाइरस (कोबिड नाइन्टिन) को प्रकोपबाट बच्न सरकारले देशव्यापी ‘लक डाउन’ गरेपछि ब्यापार, व्यवसाय आदि  सञ्चालन गर्न बन्द भएपछि विपन्न परिवारलाई गाउँपालिकाले राहतको लागि खाद्यपदार्थ दिन थालेको हो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका