सोलुखुम्बुमा एक सय १६ जनाको आरडिटी परीक्षण, सबैको नतिजा नेगेटिभ

सोलुखुम्बुमा एक सय १६ जनाको आरडिटी परीक्षण, सबैको नतिजा नेगेटिभ

बैशाख २०, सोलुखुम्बु –  सोलुखुम्बुमा हालसम्म एक सय १६ जनाको कोरोना भाइरस सङ्क्रमण आरडिटी परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।

जिल्लाको सोलु दूधकुण्ड नगरपालिकामा ४३, माप्य दुधकोशी गाउँपालिकामा १६ र खुम्बु पासाङल्हामु गाउँपालिकामा ११ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए ।

नेचासल्यान गाउँपालिकामा २०, थुलुङ दुधकोशी गाउँपालिकामा तीन, महाकुलुङ गाउँपालिकामा चार जना लिखुपिके गाउँपालिकामा चार र सोताङ गाउँपालिकामा आठ जनाको परीक्षण गरिएको छ । रोजगार तथा अन्य कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किएका र वैदेशिक रोजगारीबाट जिल्ला आएका पाँचजनाको पिसिआर टेष्ट गरिएको छ ।  परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको निमित्त प्रमुख राजवंशीले जानकारी दिए ।

 

थुलुङदूधकोशी गाउँपालिका तीन जना र सोलुदूधकुण्ड नगरपालिकाका–२ जनाको स्वाब परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।  क्वारेन्टाइनमा ३३ जना जिल्लाको विभिन्न क्षेत्रमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३३ पुगेको छ । बाहिरी जिल्ला र वैदेशिक रोजगारबाट आएका शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको कार्यालयका निमित कार्यालय प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी बताए ।

शुक्रबार उदयपुरबाट सोताङ गाउँपालिका आएका सात जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै लिखुपिके गाउँपालिकामा दुई जना र माप्य दुधकोशी गाउँपालिकामा २४ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । विभिन्न कामका लागि जिल्ला बाहिर रहेका नागरिकको उद्धार गरेको स्थानीय तहले शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका