बैशाख १८, काठमाडौं –
नेचासल्यान गाउँपालिका, सोलुखुम्बुले उद्धार गर्न छुटेर काठमाडौंमा रहेका नागरिकलाई बिहिबार राहत वितरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाको टोलिले काठमाडौंमा रहेका नेचासल्यान गाउँपालिका नागरिकलाई घरघरमै गएर अति आवश्यक खाद्य वस्तु चामल, नून, तेल र दाल बितरण गरेको हो ।
केही दिनअघि गाउँपालिकाले आफ्ना नागरिकलाई उद्धार गरेर गाउँ लगेको थियो भने केही नागरिक काठमाडौंमै रहेका थिए ।