पार्टी एकीएकरणले पूर्णता पाउदै

समाजवादी पार्टी र  राजपा बीचम एकीकरणका लागि बाटो खुला

पार्टी एकीएकरणले पूर्णता पाउदै

 

 

बैशाख १९, काठमाडौँ –

जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादवले पनि सहमति जनाएपछि समाजवादी पार्टी र  राजपा बीचमा भएको एकीकरण प्रक्रिया अगाडी बढ्ने भएको छ ।

 

पार्टी बीच एकीकरणका लागि सैद्धान्तिक सहमति भएको दिन झा र यादव अनुपस्थित थिए । तर उनीहरूले पनि त्यसमा हस्ताक्षर गरी सहमति जनाएपछि पार्टी दर्ताको प्रकृया अगाडि बढेको जनाइएको छ ।बैशाख १६ गते बसेको तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलको बैठकले दुई दल बीचमा भएको सहमतिलाई अनुमोदन गरेको थियोे । एकीकरणका लाागि भएको सहमतिलाई अनुमोदन गर्ने माइन्युटमा अनिलकुमार झा र राजकिशोर यादवसहित तत्कालीन अध्यक्षमण्डलमा रहेका छ जना सदस्यकै हस्ताक्षर रहेको छ ।

 

पार्टी एकीकरण विषयलाई लिएर यी दुईजना नेताले शुरुदेखि नै फरकमत राख्दै आएका थिए । उनीहरूले अरु दलसँग एकीकरण गर्नु भन्दा पहिले आफ्नै पार्टी ब्यवस्थित हुनुपर्ने अडानमा थिए ।

-रातोपाटी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका