समय गतिशिल छ यसको न कुनै यंत्र नै छ जसले यो बेगलाई रोक्न या छेक्न सक्छ । त्यसबाहेक पृथ्वीका सबै कुरा गतिशील हुदैन जुन जति खेर जे पनि हुन सक्छ । त्यो कुरा आज फेरि एकपटक पुष्टि भएको छ र हामी त्यसैको सामना गरिरहेका छौं। यसबेला ‘कोभिड १९’ नामक भाइरसबाट सिङ्गो विश्व नै आक्रान्त बनेको छ र संसारले भए भरको शक्ति लगाएर जुधे पनि अहिलेको अबस्थामा यो २० को १९ पनि भएको छैन, झन बिकराल बन्दैछ। यसलाई एकथरिले तेश्रो बिश्वयुद्धको संज्ञा दिएका छन् तर जे भए पनि यो भोगाईले कुनै पनि बिश्वयुद्ध भन्दा कम झझल्को चाहिँ दिएको छैन। पुरै संसार बन्द छ त्यसमा नेपाल पनि अछुतो रहन सकेन र सक्ने कुरा पनि भएन तर हर प्रयास भने नभएको होइन।
जब जब बिपद् आइपर्छ नागरिकमा ठूलो भरोसा हुन्छ आफ्नो सरकारप्रती । यो बेला सुबिधाजनक दुई तिहाईको मत पाएको नेकपाको स्पस्ट बहुमत सहितको सरकार छ। अझ बिगतको चुनाबी घोषणापत्र पल्टाएर हेर्ने हो भने आम नेपाली जनताको आत्मबल बढ्नु पर्नेमा यहाँ त उल्टो दिन दुई गुना र रात चौगुना असफल भएको कुरा जनताले महसुस गर्न थालेका छन्। बिस्तारै सरकारप्रतिको बिश्वासनियता कम हुदै गएको भान् हुन्छ । यो कुरा गरिब बिपन्न मजदुरहरुको कारुणिक तस्बिरहरुले प्रस्ट पारेको छ । भोकै मरिने डरले मजदुरहरु आफ्नो बासस्थानसम्म पुग्ने कोसिसमा छन् र कल्पनै गर्न नसकिने यो विषम परिस्थिति बिच केही कुराको पर्बाह नगरी सयौ किलोमीटर दुरि टाढासम्म आफ्नो पैदल यात्रा तय गरिरहेका छन् र कोहिले यसको कल्पना गर्न सक्दैन । यस्तो आँट गर्न जिन्दगीमा सबै कुरामा सबैतिरबाट भरोशा गर्न बन्द गर्नु हो र एउटा अघोषित आत्मघाती निर्णय नै हो जुन अहिले नेपालमा भैरहेको छ । सरकार यी सबै कुरामा जानकार छ तर पनि ऊ बेखवर बनेर बसेको छ । जनताको जिउ धनमा कुनै चिन्ता सरकारलाई नभएको भन्ने जनगुनासो छ । उता लकडाउन गरेर महामारीसँग लड्न हाम्रो सरकार सफल हुँदै गएको दाबी गरिरहेको छ । नेपालीको माग यो हो कि, लकडाउन गर्न बिलकुल गलत हैन यसको बिकल्प नै छैन तै पनि बिकल्प सहितको लकडाउन हुन जरुरी छ, कि ती मजदुर र बिपन्न बर्गका जनताको बाँस गाँस र कपासको लकडाउन भरी पुर्नरुपले जिम्मा लिनु पर्यो नभएमा आफ्नो बासस्थानसम्म पुग्ने ब्यबस्थापन सरकरले गर्नु पर्यो । त्योभन्दा अहिले अरु केही गर्नु पर्दैन र त्यो भन्दा बढी जनलाले सरकारबाट अपेक्षा पनि गर्दैनन् ।
सरकारसँग स्पस्ट नीति, योजना र कार्यक्रम हुनुपर्छ, यस्तो बिपद् कतिखेर आउछ भन्न सकिन्न जहिले नि ! सरकार यहि सेरोफेरोमा चुकेको देखिन्छ । हामीले बिगतमा पनि यस्तो बिपतिको सामना गरेका छौं। हामी २०७२ को महाभुकम्प र त्यसपछिको अघोषित नाकाबन्दी र त्यसले पारेको नेपालीको कस्टकर जीवनयापन । संयोग भनौँ या दुर्भाग्य भनौँ हामीले यी दुईटै महाबिपत्तिको सामना गर्न एउटै नेतृत्वको सरकार पायौँ । यसमा कुनै गुनासो छैन मेरो । म सम्झन्छु, महाभुकम्पले थिलथिलो बनाएको त्यो क्षण अनि भारतिय नाकाबन्दी । जनताको देशप्रतिको अपार मायाले त्यो बेला पनि नेपाली जनताले सरकारलाई खबरदारी गरिरहे, हामी साइकल चढ्छौं, पैदल हिड्छौं, गाउँगाउँबाट दाउरा ल्याउछौं, हामीलाई ग्याँस चाहिन्न, भोकै मर्छौं तर नाकाबन्दी खोल्ने नाममा कुनै पनि राष्ट्रघाती सम्झौता नगरियोस् भनेर । यो खबरदारी र बलियो साथ पाएर सरकार केही हदसम्म सफल भयो । जनता खुसी नै थिए सँगै जनतालाई आशा थियो यति धेरैँ सरकारलाई साथ दिएपछि सरकारले जनतालाई त्यो बलियो साथको लागि धन्यवाद दिन्छ । तर उल्टो सरकार रातारात राष्ट्रवादी छवि बनाउदै जनतालाई भुल्दै गए र कार्यकर्ताहरुले पनि नेताको बोलीमा हो मा हो मिलाउदै त्यसलाई एकहदसम्म गलतलाई सहि साबित गर्न मलजल पुगेको थियो । सीमित मन्त्री र नेताहरुले राम्रै अवसर पाए । त्यो अवस्था र वर्तमान अवस्था अलिक फरक छ । अहिले पनि सरकारलाई जनताको भरपुर सहयोग नै छ । जनता भोकै सडक सडकमा मर्न तयार छन्, सयौ किलोमीटरको बाटो चुपचाप हिडेर आफ्नो झुपडीसम्म पुग्न तयार छन् तर कहिल्यै बिच सडकमा निस्केर सरकार भोकै छौँ हामीलाई खान देऊ भनेका छैनन्, यो कुरा राज्यले गम्भीर रुपमा लिन जरुरी छ । यो सरकारले के गर्छ, जनता यसको प्रतिक्षा गरेर बसेका छन् यो सरकारको लागि अवसर र चुनौती दुबै हुनेछ । फेरि पनि यो सरकारले संकट आउने बितिकै लकडाउन गरेर ठूलै युद्धमा बिजय भैयो भन्ने नसोच्दा हुन्छ किनकी त्यो दिनसम्म सरकारको डाटामा कोरोनाबाट मर्नेको संख्या त थोरै नै आउला तर भोकै मर्नेहरुको डाटा न कुनै सरकारसङ्ग हुन्छ न त कुनै निकायसँग हुनेछ जुन भोकै मर्नेको सङ्ख्या कोरोनाको भन्दा धेरै गुणा बढी हुनेछ ।
प्रतिपक्ष काङ्ग्रेस मौन
नेपालको पुरानो पार्टी र जनताको राम्रो साथ पाएको प्रतिपक्ष नेपाली काङ्ग्रेस पनि बिपत्तिले जनतालाई केसम्मको असर परेको छ त्यो बारे बेखबर छैन र तर पनि निरीह बनेको जस्तो देखिन्छ । प्रतिपक्ष जहिले पनि बैकल्पिक शक्ति मात्रै नभई बैकल्पिक सरकार नै हो । जनताको पीडा प्रतिपक्षी मार्फत सरकारसम्म पुग्छ । अझ जहाँ जहाँ सरकार पुग्दैन त्यहा त्यहा प्रतिपक्षी पुग्नुपर्छ तर बिडम्बना, नेपाली काङ्ग्रेस मौन देखिन्छ । जनतालाई लागेको थियो, काङ्ग्रेसले यो बिपत्ती आउने बित्तिकै यो बिपत्तिसँग सामना गर्न गम्भीर भएर लाग्नेछ, तत्काल केन्द्रीय समितिको बैठक बसेर ठोस योजना बनाउँछ र सरकारलाई जनताको जिउधनको सुरक्षा गर्न खबरदारी गर्ने छ । पार्टिको तर्फबाट बैकल्पिक राहात कोषको सुरुवात गर्नेछ र त्यो कोषमा सम्पूर्ण सुभेच्छुकबाट स्वस्फूर्त रुपमा राहातको लागि चन्दा संकलन हुनेछ, देशब्यापी रुपमा पार्टी कमिटी र भ्रातृ संगठनहरुलाई बिपद्को सामना गर्न निर्देशन गरिनेछ र देशवासीलाई भनिने छ तपाईहरु कहाँ कहाँ आपत बिपतमा हुनुहुन्छ नजिकको पार्टी आबद्ध साथीहरुसँग परामर्श गर्नुस्, हामी यो बिपत्तीमा तपाईहरुको घाउमा मलम पट्टि गर्छौ हामीले राहातकोष खडा गरेका छौं, पुगेन भने हामी नेताहरु भोकै बस्छौँ, हामीसँग जे छ त्यो सबै जनतालाई हस्तान्तरण गर्छौं बरु आफू भोकै र नाङ्गै भएर पनि तपाईहरुलाई बचाउछौँ ढुक्क हुनुहोस् भन्लान् भन्ने थियो तर अझै निन्द्रा पुर्याएको छैन रहेछ प्रतिपक्षले पनि । यस्तो परिस्थितिका बिच चुपचाप यो महामारी को सामना गरिरहनुहुने तपाईं तमाम नेपालीहरुलाई उच्च सम्मान छ ।
जय नेपाली, जय देश !
सञ्च खालिङ राईलाई सामाजिक सञ्जाल फेसबकमा भेट्न यहाँ क्लिक गर्नुहोस् ।