नेकपा सोलुखुम्बु जिल्ला कमिटी बैठक सम्पन्न

सचिवालयदेखि तिङला घटनासम्मको एजेन्डा

नेकपा सोलुखुम्बु जिल्ला कमिटी बैठक सम्पन्न

गाउँले न्युज, सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । शुक्रबार दिउँसो सदरमुकाम सल्लेरीमा बसेको पूर्ण बैठकमा जिल्ला सचिवालयदेखि हालै तिङलामा भएको घटना मूख्य एजेण्डाका रुपमा प्रस्तुत गरिएको थियो ।
जिल्ला कमिटीका अध्यक्ष तथा नेकपा १ नं. प्रदेश कमिटी सदस्य मानवीर राईको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा केन्द्रीय सदस्य तथा संघीय सांसद एवं सोलुखुम्बु जिल्लाका इन्चार्ज हेमकुमार राई (सुरवीर) प्रमुख अतिथि रहेका थिए ।
बैठकले ४५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ । पूर्व एमालेको तर्फबाट २४ र पूर्व माओवादीको तर्फबाट २१ गरि ४५ सदस्यीय सचिवालय गठन गरिएको हो । १३७ सदस्यीय जिल्ला कमिटी रहेको सोलुखुम्बुमा लामो समयदेखि जिल्ला कमिटीको बैठक बस्न सकेको थिएन । यसअघि जिल्ला इन्चार्जको बारेमा पार्टी केन्द्रले निर्णय गर्दा त्रुटी हुन गएकाले सोलुखुम्बुको सांगठनिक गतिमा अप्ठ्यारो भएको र जिल्ला कमिटीको बैठक बस्नमा ढिला भएको अध्यक्ष मानवीर राईले प्रष्ट पारेका थिए ।

बैठकले केही समयअघि सोलु दुधकुण्ड नगरपालिका ११ तिङलामा भएको घटनामाथि यसअघि गठित अध्ययन तथा सुझाव समितिको प्रतिवेदन कार्यालयले बुझ्ने र उक्त प्रतिवेदनको आधारमा आन्तरिक वा बाह्य निर्णय गर्ने निर्णय गरेको छ । राष्ट्रिय प्रसारण लाईनको उद्घाटनलाई लिएर त्यहाँका स्थानीयले गत माघ ४ गते सवारीसाधनमाथि आगजानी गरेका थिए । बैठकमा जिल्ला कमिटी सदस्यहरुले यस घटनाबारे पार्टीले गम्भीर भई पहलकदमी लिनुपर्ने माग गरेका थिए ।
बैठकले हर्क बहादुर राईलाई कार्यालय सचिवको जिम्मेवारी दिनुका साथै उनलाई प्रदेश खेलकुद बोर्ड सदस्य सचिबका लागि सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा सहभागि नेतागण फोटो: गणेश कुमार राई

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका