गाउँले न्युज, सोलुखुम्बु । पाथिभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङको पोल्टामा परेको छ ।
आज बिहान ७:५० बाट सुरु भएको ५४ किलोमिटर दूरीको प्रतियोगितामा कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा पार गरेका हुन् ।
पाँचथरका प्रताप थाम्सुहाङ दोस्रो भएका छन् । उनले निर्धारित ५४ कि.मी. दूरी
दूरी ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा पुरा गरे । यस्तै रुकुमका दिर्घराज बुढा तेस्रो भए । दौड प्रतियोगितामा पुरुषतर्फ एक सय धावकले सहभागिता जनाएका थियो ।
दौड प्रतियोगितामा विजेताले क्रमस प्रथम द्वीतीय र त्रीतीयाले नगद १ लाख ५१ हजार १११, १ लाख ११ हजार १११ र ५१ हजार १११ रुपैँया प्राप्त गरे ।
महिला दौडको उपाधि जुम्लाकी सुनमाया बुढाले हात पारेकी छिन् । उनले निर्धारित ४५ कि.मी.दूरी ३ घण्टा ३८ मिनेट ५५ सेकेण्डमा पार गरिन् । त्रिभुवन आर्मीका सरिता बासी दोस्रो र धादिङकी रमिला तामाङ तेस्रो भएका छन् । महिला म्याराथनमा २४ जनाको सहभागिता रहेको थियो । बिजेताले नगद ८१ हजार १११ रुपैंया, द्धितिय हुनेले नगद ५१ हजार १११ रुपैंया र तृतिय हुनेले ३१ हजार १११ रुपैयाँ पाउनेछन् ।