गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका शिक्षा शाखाको आज सोमबार पालिका स्तरिय प्रधान-ध्यापकहरुको बैठक तथा गोष्ठीको सम्पन्न भएको छ ।
शिक्षा क्षेत्रमा एकरुपता ल्याउनको लागि प्रधान-ध्यापकहरुको भेला आयोजना गरिएको गाउँपालिका शिक्षा शाखा संयोजक प्रेम बहादुर बस्नेतले बताए ।
बैठकमा आगामी शैक्षिकसत्र बाट शैक्षिक क्यालेन्डर लागु गर्नका लागि तेजन दाहालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्नुका साथै बैशाख २ गतेदेखि १३ गतेसम्म नयाँ बिद्यार्थी भर्ना अभियान संचालन गरिने र १४ गतेबाटै नयाँ शैक्षिकसत्रको कक्षा सन्चालन गर्ने निर्णय गरिएको बस्नेतले बताए ।