तेश्रो मदन भण्डारी स्मृति भलिबल प्रतियोगिताको फाइनलमा सोलुखुम्बु र सुनसरी

तेश्रो मदन भण्डारी स्मृति भलिबल प्रतियोगिताको फाइनलमा सोलुखुम्बु र सुनसरी

गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बुमा जारी प्रदेश न १ स्तरीय तेश्रो मदन भण्डारी स्मृति पुरुष भलिबल प्रतियोगिताको फाइनलमा घरेलु टोली सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश गरेकाछन् । आज भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा झापालाई पराजित गर्दै सोलुखुम्बु फाइनल प्रवेश गरेको हो । यस्तै भोजपुरलाई पराजित गर्दै सुनसरीले फाइनलमा सोलुखुम्बुसग भेट पक्का गरेको हो ।

पहिलो सेमिफाइनल खेलमा सोलुखुम्बुले झापालाई २५ – २०, २३ – २५, २४ – २६, २५ – २२ र १५ – ११ ले पराजित गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको दोश्रो र तेश्रो सेट गुमाएको सोलुखुम्बुले पहिलो, चौथो र पाँचौं सेटमा झापालाई पराजित गरेको हो ।

दोश्रो सेमिफाइनलमा सुनसरीले भोजपुरलाई सोझो सेटमा पराजित गर्‍यो । सुनसरीले भोजपुरलाई २५ – १६, २५ – १९ र २५ – १६ ले पराजित गरेको हो ।
प्रतियोगिताको तेश्रो स्थानका लागि शनिबार विहान ९ बजेदेखि खेल शुरु हुने आयोजक कमिटिले जनाएको छ ।

मंगलबार सुरु भएको उक्त खेल भोली शनिबार सम्पन्न हुने छ । दोर्पुबजार स्थित योङ्ग स्टार क्लवको खेल मैदानमा जारी प्रतियोगिताको विजेता टिमहरुले क्रमशः एक लाख ५० हजार, एक लाख, ५० हजार र २५ हजार नगदका साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

समापन कार्यक्रममा प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई, आन्तरिक मामिला मन्त्री हिक्मत कार्की लगायत्को उपस्थिति रहने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका