विमानस्थलको आगलागीबारे सुरेश आचार्यको सम्योजक्त्वमा छानबिन समिति गठन

विमानस्थलको आगलागीबारे सुरेश आचार्यको सम्योजक्त्वमा छानबिन समिति गठन

गाउँले न्युज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार राति कफिपसलमा भएको आगलागीबारे छानबिन गर्न संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

सोमबार बसेको सचिवस्तरको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । अन्य सदस्यहरुमा मन्त्रालयकै उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कूलप्रसाद सिंखडा र उपनिर्देशक विक्रम गौतम सदस्य रहेका छन् ।

समितिले घटनाको सत्य तथ्य पत्ता लगाइ ७ दिनभित्र समितिलाई सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मा पाएको छ ।

सोमबार राति सवा ८ बजेको समयमा विमानस्थलको प्रस्थान कक्षमा सञ्चालित कफी पसलमा आगलागी हुँदा केही समय अडान र अवतरण अवरुद्ध भएको थियो ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका