गाउँले न्युज, सोलुखुम्बु । खेलकुदको माध्यमबाट पर्यटन प्रबद्धन गर्ने लक्ष्यसहित ओखलढुंगा टुरिजम डेभलप्मेनट कमिटीको आयोजनामा ४२ कि मि अल्ट्रा म्याराथन हुने भएको छ । फागुन १९ गते बिहीबारबाट दाैड सुरु हुने आयोजकले जनाएको छ ।
दौड खिजी फलाटेबाट सुरु भएर चुप्लु भञ्ज्याङ थोले देम्बा ताक्लुङ लामुजे भुलभुले फक्से खुन्दुर्के दोराखार्क ताउर चुप्लु भञ्ज्याङ हुदै खिजी फलाटे आएर सम्पन्न हुने छ ।
ओखलढुंगा जिल्लामा पर्यटन प्रबद्धन गर्ने हेतुले २०७५ साल असार ३१ गतेका दिन खिजीदेम्बा -९ का समाजसेवी ङावाङिमा शेर्पाको अध्यक्षतामा सबै पर्यटन व्यावसायीहरुलाई एकजुट गर्दै ओखलढुंगा पर्यटन विकास समिति गठन भएको थियो ।
समितिले पर्यटन क्षेत्रमा प्रबद्धन र विकास गर्नका लागि क्रमिक रुपमा गुरु योजना बनाएर स्थानीय तहसंग समन्वय गर्दै अगाडि लैजाने लक्ष्य रहेको टुरिजम डेभलपमेन्ट कमिटीका महासचिव पासाङ शेर्पाले बताउनुभयो। उहाँकाअनुसार ओखलढुंगामा पर्यटन प्रबद्धन गर्ने पहिलो चरणम ४२०० मिटर उचाइमा रहेको पिके पिकदेखि २१ किमि दूरीमा पर्ने खिजीदेम्बाको खिजीफलाटे बजारसम्म हाप म्याराथनको गरेको गरेको थियो ।
ओखलढुंगाका पर्यटकीय दृष्टिकोणले प्रख्यात स्थलहरुको प्रचार प्रसार गरी पर्यटक भित्र्याउन विशेष भुमिका र पहल गर्ने लक्ष्य भएकोले लक्ष्य अनुरुप काम गर्ने प्रतिबद्धता रहेको समितिले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने महिला र पुरुषलाई जनही नगद ७० हजार रुपैयाँ, ५५ हजार रुपैयाँ र ४० हजार रुपैयाँ सहित ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ ।