आत्मरक्षाको लागि पोखराबाट प्रशिक्षण शुरु

नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा दोश्रो अन्र्तराष्ट्रिय सम्मेलनको शुरुवात सुन्दर नगरी पोखराबाट शुरुवात भएको छ ।

आत्मरक्षाको लागि पोखराबाट प्रशिक्षण शुरु

गाउँले न्युज – काठमाडौं , नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा दोश्रो अन्र्तराष्ट्रिय सम्मेलनको शुरुवात सुन्दर नगरी पोखराबाट शुरुवात भएको छ । संघले आज पोखरा तथा तनँहुबाट सम्मेलनको शुरुवात गरेको हो ।
आत्मरक्षाका लागि प्रत्येक नागरिक सबल र सक्षम हुनुपर्छ भन्ने उद्धेश्य सहित संघले आयोजना गर्दै आएको कार्यक्रम मध्ये यो नेपालमा भएको दोश्रो अन्र्तराष्ट्रिय स्तरको सम्मेलन भएको संघका प्रबक्ता एवं महासचिव नुतन श्रेष्ठले जानकारी दिनुभयो । संघले आज पोखरास्थित ईमानुयल माध्यमिक बिद्यालय तथा तनँहुस्थित नेपाल प्रहरी बिद्यालयका बिद्यार्थीहरुका लागि सेल्फ डिफेन्स सम्बन्धि तालिम संचालन गरेको छ ।


आज भएको प्रशिक्षणमा नेपाल प्रहरी बिद्यालयका ४ सय तथा ईमानुयल माध्यमिक बिद्यालयका २ सयभन्दा बढी छात्रछात्राहरुलाई आत्मरक्षाको तालिम प्रदान गरिएको संघका नेपाल ब्रान्च प्रमुख सञ्जु महर्जनले जानकारी दिनुभयो । तालिममा सहभागि प्रशिक्षार्थीहरुका लागि यस अभियानका क्रममा प्रारम्भिक चरणका सिप प्रदान गर्दै जनचेतना तथा यसको आवश्यक्ता मात्र पहिचान गराउने उद्धेश्य रहेको महासचिव श्रेष्ठले बताउनुभयो । प्रहरी बिद्यालय तनहुँमा भएको कार्यक्रममा बिद्यालयका प्रमुख प्रहरी निरिक्षक एवं संघका सल्लाहकार जनार्दन घिमिरेले सेल्फ डिफेन्स खेल एउटा खेल मात्र नभई दैनिक जीवनमा आई पर्न सक्ने बिभिन्न घटनाको प्रतिकार गर्नलाई तथा आफ्नो मनोबल बढाउन समेत महत्वपुर्ण हुने जिकिर गर्नुभयो । बद्लिदो जीवन शैलीमा यसको सिकाई तथा आवश्यक्ता बढ्दै गएको वहाँको भनाई थियो ।


संघका केन्द्रिय अध्यक्ष डि.बि. रानापालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकार राजा राजेन्द्रले समेत खुलेर प्रशंसा गरे । हास्यब्यङ्ग शैलीमा वहाँले सेल्फ डिफेन्सको आवश्यक्ता जुनै क्षेत्रमा पनि आवश्यक्ता रहेको बताउनुभयो । बिशेष अतिथीको आसनबाट बोल्नुहुँदै वहाँले भन्नुभयो, “अब कमजोर सम्झेर केटी जिस्क्याउने जमाना गए ।

संघले दोश्रो अन्र्तराष्ट्रिय सम्मेलनको शुरुवात पोखराबाट गरेसँगै माघ ११ गतेबाट १३ गतेसम्म काठ्माण्डौ तथा माघ १४–१५ गते जानकपुरमा अन्र्तराष्ट्रिय ग्राण्ड मास्टरको उपस्थितीमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन हुनेछ । कार्यक्रममा प्रशिक्षक राधिका हमाल, बिशाल राजभण्डारी, ङवाङ केसाङ्ग लामा लगायतले प्रशिक्षण दिएका थिए ।

https://www.youtube.com/channel/UCBI86hKRVKrCmZXAS-fTcPA

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका