गृह मन्त्रालयले सोलुखुम्बु सहित विभिन्न जिल्लामा सिडिओ हेरफेर

सोलुखुम्बुमा महिला सिडिओ रमा आचार्य

गृह मन्त्रालयले सोलुखुम्बु सहित विभिन्न जिल्लामा सिडिओ हेरफेर

गाउँले न्युज, काठमाडौ : गृह मन्त्रालयले विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । मन्त्रालयले सोलुखुम्बुकालागी नयाँ सिडिओको रुपमा रमा आचार्यलाई पठाउने निर्णय गरेको हो ।

नयाँ सरुवा अनुसार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाललाइ कपिलवस्तुको सहायक सिडिओका रुपमा सरुवा गरेको छ । खनाल केही समयकोलागी बिशेष भ्रमणमा जापान जानेभएपछी सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी परिबर्तन गरेको बताइएको छ । सोलुखुम्बुमा महिला सिडियोको रुपमा रमा आचार्य पुगे संगै मुलुकका ७७ मध्ये ८ जिल्लाको नेतृत्व महिला सिडियोले गरेका छ्न् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका