प्रतिनिधिसभा बैठक फेरि स्थगित

सभामुखको टुङ्गो नलागेपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक फेरि स्थगित

गाउँले न्युज, पुस २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको टुङ्गो नलागेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । शीर्ष नेताहरुबीच छलफलमा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित गरिएको संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उनले अस्वीकार गर्दै आएकी छन् । शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई  पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो

प्रधानमन्त्री निवासमा आइतबार शीर्ष नेताहरुबीच छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि उपस्थित थिइन् ।

‑अनलाइन खबर

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका