अस्पताललाई नगरपालिकाले उपलब्ध गरायो डाक्टर

अस्पताललाई नगरपालिकाले उपलब्ध गरायो डाक्टर

गाउँले न्युज, सोलुखुम्बु जिल्लाको एक मात्रा सरकारी फाप्लु अस्पातलमा केही समययता चिकित्सकविहीन भएपछी सोलुदूधकुण्ड नगरपालिकाले चिकित्सकको व्यवस्था गरेको छ । प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा लामो समयदेखि प्रदेश सरकारले चिकित्सक नपठाउँदा अस्पताल चिकित्सकविहीन बनेको थियो ।

जिल्लाका अति दुर्गम स्थानबाट डोको, स्ट्रेचर र गाडीबाट जिल्ला अस्पतालमा उपचारका लागि ल्याएका विरामीको सामान्य रोगको समेत उपचार हुन नसकेपछि जनतालाई सास्ती भएको भन्दै प्रदेस सरकारले व्यवस्था नगरेसम्मका लागि करारमा एक जना चिकित्सकको व्यवस्था गरेको नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिनुभयो । प्रदेस सरकारले वेवास्ता गरेपछि जनताले धेरै दुःख पाएको उहाँले बताउनुभयो ।

लामो समय चिकित्सक नहुँदा सामान्य विरामीलाई पनि अन्यत्र रिफर गर्नुपर्ने बाध्यतालाई कम गर्न यस्तो व्यवस्था गरेको प्रमुख शेर्पाले बताउनुभयो । प्रदेस सरकारको भर पर्दा जनताले सास्ती खेप्दै धेरै खर्च गरेर ओखलढुङ्गाको मिसन अस्पताल र काठमाडौँ जान बाध्य बनेपछि आफू जनताको प्रतिनिधि भएर चुप लागेर बस्न नसकेको उहाँको भनाइ छ । जुन अत्यधिक खर्चालु र जोखिम हो । नगरपालिकाले मङ्सिर १ गतेबाटनै हाललाई छ महिनाका लागि डा. स्मृति गौतमलाई करारमा राखेको जनाएको छ ।
जिल्ला अस्पताल सञ्चालन तथा रेखदेखको जिम्मा पाएको प्रदेश सरकारले गरेको कर्मचारी समायोजनमा सबै डाक्टर र स्वास्थ्यकर्मीले अन्यत्रै रोजेकाले अस्पताल चिकित्सकविहीन बनेको हो । प्रदेश मातहतका अस्पतालका लागि एक नम्बर प्रदेशमा आठ जना चिकित्सकको मात्र दरबन्दी रहेको र सोलुखुम्बूमा एक जनाले पनि समायोजनमा नरोज्दा खाली भएको हो ।

विगतमा गर्भवती महिलाको शल्यक्रिया समेत जिल्ला अस्पतालमानै हुने र दैनिक ८० जना भन्दा बढीको हाराहारीमा विरामी आउने फप्लुमा चिकित्सक नर्भपछि आधा पनि आउन छाडेको अस्पतालका कर्मचारीले बताए । गर्भवतीका लागि अहिले मिसन अस्पतालको विकल्प छैन । जुन अस्पताल सबैभन्दा नजिक हो तर सदरमुकामबाटै जीप मार्फत पनि तीन घण्टा लाग्दछ ।

गाउँको स्वास्थ्य चौकीमा उपचार नभएपछि लामो यात्रा गरेर उपचारको आशमा जिल्ला अस्पताल फाप्लु पुगेका विरामीका आफन्त चिकित्सक अभावमा उपचार नहुँदा फर्कनु वा बाह्य जिल्ला जान बाध्य भएको गुनासो गदै आएका थिए । चिकित्सकको व्यवस्थासँगै विरामीका समस्या समधानमा सहज हुन थालेको बताइएको छ ।

sourse:gorkhapatra

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका