गाउँपालिका महोत्सवको तयारी अन्तिम चरणमा

गाउँपालिका महोत्सवको तयारी अन्तिम चरणमा

गाउँले न्युज, थुलुङदुधकोशी गाउँपालिकामा आयोजना हुन लागेको गाउँपालिका महोत्सव तथा अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

मंसिर ५ गते देखी ८ सम्म सन्चालन हुने कार्यक्रमको तयारी सबै पुरा भएको अध्यक्ष असिम राईले बताए । “पर्यटन वर्ष २०२०” लाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा जिल्ला भित्रका विभिन्न स्थानीय तहका खेलाडीले सहभागीता जनाउने आयोजकले जनाएको छ । खेलकुदको साथमा मनोरञ्जनात्मक कार्यक्रम सहितको महोत्वसकै माध्यमबाट गाउँपालिकामा करिब १ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।

उक्त कार्यक्रममा स्थानीय खानाको परिकार देखी वरिष्ठ गायक शम्भु राई, हाँस्य कलाकार फुलन्देकी आमा (उमेश राई) लगाएत स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रममा सोलुखुम्बुका संघिय सांसद हेमकुमार राई (शुरबीर), प्रदेश सांसद उत्तम कुमार बस्नेत, प्रदेश सांसद एवम् प्रदेश नम्बर १ का नेकपा संसदिय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु जिल्लाकाभरिका गाउँपालिका प्रमुख, जिल्ला स्तरीय नेता लगाएतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

अध्यक्ष रनिङशिल्ड अन्तरगत वडा स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता, महिला पुरुष हाफ म्याराथुन, नृत्य तथा एकल ट्रयाक गायन लगायतका प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका