युजन बस्नेतको अध्यक्षतामा थुलुङदुधकोशी युवा क्लव गठन

युजन बस्नेतको अध्यक्षतामा थुलुङदुधकोशी युवा क्लव गठन

गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाका युवाहरु सम्बृद्ध गाउँपालिका निर्माणको लागि एक जुट भएका छन । गाउँपालिका भरिका युवाहरुको उपस्तिथिमा थुलुङदुधकोशी युवा क्लव गठन गरिएको छ ।

गाउँपालिका महासंघ प्रदेश १ का कोषाअध्यक्ष एवम् थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यमा सोमबार गाउँपालिका केन्द्र मुक्लिमा आयोजना गरिएको कार्यक्रमका बीच युवा क्लव गठन गरिएको हो । सोही भेलाले युजन बस्नेतको अध्यक्षतामा २५ सदस्य थुलुङदुधकोशी युवा क्लव गठन गरिएको नवनिर्वाचित महासचिव दिपक किराँतीले जानकारी दिए ।

थुलुङदुधकोशी युवा क्लबको प्रमुख संरक्षकमा गाउँपालिका अध्यक्ष असिम राई, संरक्षक सदस्यमा प्रमुख प्रशासकिय अधिकृत अबिलाल राई, गाउँपालिकाका ९ वटै वडाका
वडा अध्यक्षहरु संरक्षक सदस्यमा रहने र सोलुुखुम्बुका प्रतिनिधि सांसद हेमकुमार राई (शुरबीर), प्रदेश सांसद उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारीलाई मानर्थ सदस्य प्रदान गर्ने नवनिर्वाचित महासचिब दिपक किरारिले बताए ।

गाउँपालिका भित्र हुने हरेक बिकास निर्माणलाई पारदर्शि ढंगबाट सम्पन्न गर्न आफुहरुको प्रमुख भुमिका हुने महासचिब राईले बताए । यस्तै हरेक गतिविधिमा युवाहरुको संलग्ना रहने भएकाले प्रत्येक वडामा वडा समिति गठन गर्ने बताईएको छ । पर्यटन प्रर्बद्धन, खेलकुदको बिकास, भाषा,संस्कार संस्कृतिको जगेर्ना गर्ने, विभिन्न निकाय संगको समन्वयमा सहयोगका कार्यक्रम सञ्चालन गर्ने युवा क्लवको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यर्कमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष असिम राईले युवाहरुमा सकरात्मक सोचको बिकास नभएसम्म सम्बृद्धि संभव नभएको भन्दै युवाहरुलाई संगढीत बनाउँदै नमुना गाउँपलिका निर्माणको अभियान सफल पार्ने बताए । अध्यक्ष राईले समयको महत्वलाई बुझन् नसकेके खण्डमा सफलता प्राप्त नगर्ने भन्दै हरेक युवालाई बिरोध नभई सहयोगको रुपमा सुझाव सहित हातेमालो गर्न आग्रह गरे । गाउँको बिकास गरि देशमै नमुना बन्ने संकल्प सहित जनप्रतिनिधि र कर्मचारी खटिरहेको अवस्थामा स्थानीयको सहयोग र सुझाव आवश्यक रहेको उनको भनाई छ ।

थुलुङदुधकोशी युवा क्लवका पदाधिकारी
१,अध्यक्ष युजन बस्नेत (काङ्गेल २)
२,वरिष्ठ उपाध्यक्ष :-बाल कुमार राई(पन्चन ३)
३,उपाध्यक्ष :-कमला राउत बस्नेत
४,उपाध्यक्ष :-रोशन पौडेल (नेले १)
५,माहासचिव:- दिपक (किराती देउसा ७)
६,सचीव :-रन्जन थुलुङ (जुबु ४)
७,सचीव :-राजेन्द्र बस्नेत
८,कोषाध्यक्ष :-अरुना राई (जुबु ५)
९,सदस्य :-उमेश श्रेष्ठ
१०,सदस्य:- अर्जुन रोक्का
११,सदस्य:- नारायण पराजुली
१२,सदस्य:- सुमन खत्री
१३,सदस्य:- विक्रम नेपालि
१४,सदस्य :-कृष्ण कुमार राई (मुक्ली ६)
१५,सदस्य:- ज्ञान प्रसाद राई(देउसा ८)
१६,सदस्य:-पार्बुहाङ राई (मुक्ली ६)
१७,सदस्य:- कुमार प्रयास राई(लोखिम ९)
१८,सदस्य:- मन्दिरा राई
१९,सदस्य:- राधिका राई (देउसा ७)
२०,सदस्य:- मिलन राई
२१,सदस्य:- उमेश राई
२२,सदस्य :-ज्ञानेन्द्र गुरुङ ( मुक्ली६)
२३,सदस्य
२४,सदस्य
२५,सदस्य

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका