जालिम बजारलाई पर्यटकिय क्षेत्र बनाउछौ: असिम राई

जालिम बजारलाई पर्यटकिय क्षेत्र बनाउछौ: असिम राई

गाउँले न्युज, ३० साउन, सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिका ७ स्थित जालिम बजारलाई पर्यटकिय क्षेत्र बनाउनको लागि गाउँपालिकालेकाले लगानी गर्ने गाउँपालिका अध्यक्ष असिम् राईले बताए ।

जालिम बजार स्थानतरणको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले जालिम बजारलाई ब्यवस्थापन गरि आन्तरिक पर्यटन भित्र्याउन सकिने भएकाले गाउँपालीकाले लगानी गर्न तयार रहेको बताए । पोखरीलाई संरक्षण गर्ने भौतिक संरचना निमार्ण गर्ने प्रतिबद्धता ब्यक्त्त गरे ।
कार्यक्रमलाई सम्बोधन गदै प्रदेश सभा सांसद उत्तम बस्नेतले जोरबौद देखि रोक्त्ती सम्मको बाटो कालोपत्रे गर्ने चरणमा रहेकाले जालिम बजारमा पर्यटकको आगमन अझ बृद्धि हुने बताए ।

रोक्त्तीदेखि महाकुलुङसम्मको बाटो स्तरन्नोतीका लागी १ करोड बजेट प्रदेश सरकारबाट बिनियोजन भएकाले चाडै काम सुरु हुने समेत जानकारी गराए । जालिम बजार ब्यवस्थापन समितिका अध्यक्ष चर्तुमान तामाङले पहिले लाग्दै आएको बजार निजि जग्गा भएकाले समस्या भएकाले रोक्त्ती बजारमा बजार स्थान्तरण गरिएको बताए । सार्बजनिक ठाउमा राख्दा सहज हुने बजार ब्यबस्थापन समितिले बिश्वास लिएको छ ।

हरेक बर्ष जनैपुर्णीको अबसरमा लाग्दै आएको जालिम बजार निजि जग्गाबाट रोक्ती बजारको सार्वजनिक स्थानमा सारिएको हो । स्थानिय पर्यटन प्रबद्धधनको लागी जालिमको बिकास गरौ भन्ने नाराका साथ उद्धघाटन गरिएको बजारको कायक्रममा स्थानियबासी, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका