सोलुखुम्बुको फाप्लु विमानस्थलमा चिनिया जहाजको परीक्षण उडान

सोलुखुम्बुको फाप्लु विमानस्थलमा चिनिया जहाजको परीक्षण उडान

गाउँले न्युज, २८ साउन सोलुखुम्बु । नेपाल बायुसेवा निगमको “वाई१२ई” चिनिया जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा सफल रुपमा परिक्षण उडान भरेको छ । चिनमा निर्मित उक्त विमानले आज ९ बजे पहिलो पटक सफल परीक्षण उडान भरेको हो ।

चौध सिट क्षमता भएको उक्त जहाजले ओखलढुङ्गाको रुम्जाटारमा पनि आजै उडान भरेको निगमका ‘अपरेशन डाइरेक्टर’ एवं ‘क्याप्टेन’ दीपुराज ज्वारचनले जानाकारी दिए ।

विसं २०७१ मा नेपाल सरकारले चीन सरकारको सहयोगमा चार ‘वाई१२ई’ जहाज भित्र्याएको थियो । उक्त विमानले करीब १० दिनको अवधिमा पूर्वको भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको उहाँको भनाइ थियो ।

हाल उक्त जहाजले सुदूरपश्चिमका जिल्लामा उडान भर्दै आएको निगमले जनाएको छ । उक्त विमान छोटो धावन मार्ग भएका विमान स्थलका लागि उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका