नृत्य निर्देशक संघ नेपाल D-DAN ले स्थापना दिवस भब्यताकासाथ मनाए

नृत्य निर्देशक संघ नेपाल D-DAN ले स्थापना दिवस भब्यताकासाथ मनाए

गाउँले न्युज, २८ साउन, काठमाण्डौ । “नृत्य हाम्रो अभिमान कला र संस्कृतिका पहिचान” भन्ने मुल नाराका साथ नृत्य निर्देशक संघ नेपाल D-DAN को स्थापना दिवसको अवसरमा “तेस्रो राष्ट्रिय नृत्य महोत्सव” भब्यताका साथ सम्पन्न भएको छ ।

नृत्य निर्देशक संघ नेपालको आयोजना तथा साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलको सह-आयोजनामा गत २६ गते आइतबार साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर सत्यमोहन जोसी प्रेक्षालय जमल काठमान्डौमा भएको हो । नेपाल संगीत तथा नाट्य प्रतिस्ठानको कुलपति नारायण भक्त श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

नृत्य निर्देशक संघ नेपालका केन्द्रिय सह-कोषाध्यक्ष एवं कार्यक्रम संयोजक केशव कोइरालाको स्वागत मन्तब्याबाट सुरु भएको कार्यक्रममा बिस्वमा एक सय २६ घन्टा नाचेर विश्व रेकर्ड राख्दै गिनिज बुकमा आफ्नो नाम लेख्न सफल बन्दना नेपाललाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी अर्को नृत्य बिधामा वरिष्ठ ब्यक्तित्व बरिस्ठ नृत्य गुरुआमा प्राध्यापक श्रीमती बेटि बज्राचार्यलाई D-DAN सम्मानद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रत्यक प्रदेशबाट नब निर्बाचित पदाधिकारी हरुलाई बधाई तथा सम्मान गरेका थियो। “तेस्रो नृत्य महोत्सवको “अवसरमा नेपालमा प्रचलित विभिन्न जातजातिका नृत्य प्रतिस्पर्धा गराईएको थियो भने विभिन्न स्कुलका नृत्यकारहरु करिब १५ टिमहरु सहभागिता भएका थिए ।

उक्त प्रतिस्पर्धामा आफ्नो दमदार प्रस्तुत गर्दै कौरा नृत्य बाट प्रथम टाइम लाइन स्कुल ,द्वितीय बाल गितान्जली स्कुल ,तृतिय बाल बाटिका स्कुल रहेका छन त्यसैगरी तामाङ सेलो नृत्यबाट प्रथम त्रिनेत्र विद्यासद्न स्कुल , द्वितीय लिबर्ती स्कुल ,तृतिय रिलायन्स इ स्कुल रहेका छन।थारु नृत्य अन्तर्गत प्रथम गोकर्णेश्वर स्कुल ,द्वितीय एम्बिसन एकेडमी स्कुल र तृतिय टाइम लाइन स्कुल हुन सफल भएका छन। अर्को चर्चित सकेला नृत्य अन्तर्गत प्रथम ब्राइट फ्युचर स्कुल ,द्वितीय पारिजात स्कुल हुन सफल भएका छन।नेवारि नृत्य अन्तर्गत भने प्रथम नवरत्न स्कुल ,द्वितीय होलि गार्डन स्कुल र तृतिय लिटिल वलड स्कुल ले उपाधी जित्न सफल भएका छन ।

सम्पुर्ण बिजेता कलाकारको कलाको उच्च मुल्यांकन गर्दै संघले कप र सम्मान पत्र द्वारा सम्मान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका