गाउँले न्युज, १९ साउन, काठमाडौं । पारिवारिक भ्रमणका लागि युएइ गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड गएराति स्वदेश फर्किएका छन् । आफ्नो दुई छोरीको साथमा बिरामी पत्नी सीता दाहाललाई लिएर प्रचण्ड गत मंगलबार युएइ घुम्न गएका थिए ।
छोरा प्रकाश दाहालको वियोगमा विचलित सीता जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् । प्रचण्डको प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल)ले सीताको स्वास्थ्य सामान्य रहेको बताए ।
युएइबाट फर्किएका प्रचण्डलाई स्वागत गर्न ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत अन्य शुभचिन्तक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।