सोलुखुम्बुमा ६ जानाले लिए आमाको नामबाट नागरिकताको प्रमाण पत्र

सोलुखुम्बुमा ६ जानाले लिए आमाको नामबाट नागरिकताको प्रमाण पत्र

गाउँले न्युज, १६ साउन, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले आमाको नामबाट ६ जनालाई नेपाली नागरिकताको प्रमाण पत्र बितरण गरेको छ ।

आफ्नो बुबाको परिचय नखुलेका वडा बासिको सनाखत र वडाअध्यक्षको सिफारिसको आधारमा नागरिकता बितरण गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।
यस्तै बंशजको आधारमा २ हजार २ सय २ जनालाई नागरिकत्ता बितरण गरेको ९ सय ४० जनालाई राहदानी प्रदान गरेको जिल्ला प्रशासन सोलुखुम्बुले जनाएको छ ।

आर्थिक बर्ष २०७५/७६ मा ६७ लाख ८४ हजार ४ सय राजंश्व संङकलन गरेको छ भने सबैभन्दा बढि राहधानीबाट ६० लाख राजंश्व संङकलन गरेको जिल्ला प्रशासन कार्यालय जनाएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा यस् बर्ष ३ जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरी उपचार गरिएको रानाले बताए । उद्धार गरि उपचार गरिएका मध्ये सोताङ गाउपालिकाका २ जना र सोलुदुधकुण्ड नगरपालिकाकी १ जना रहेका छन् ।

आर्थिक बर्ष २०७५/०७६ मा सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयले ५ पटक बजार अनुगमन, प्रशासन कार्यालयमा डिजिटल नागरिक बडापत्र स्थापना, नागरिक मैत्री प्रतिक्षालय र शौचालयको ब्यबस्थापन गरेको साथै विकास निर्माणलाई गुणस्तर एवम् समयमानै सम्पन्न गर्ने सवालमा सहजीकरण लगाएतको काम भएकाले एक आर्थिक बर्षको प्रगति सन्तोषजनक रहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राणाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका