संसदमा कांग्रेस र राजपाको नाराबाजी, बैठक अवरुद्ध

संसदमा कांग्रेस र राजपाको नाराबाजी, बैठक अवरुद्ध

गाउँले न्युज, १३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै उनीहरुले बैठक अवरुद्द पारेका हुन् ।
सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेर बिरोधमा उत्रिएका हुन् ।
सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।
विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका