अब्राहम लिंकन आफ्नो साथीको गाडीबाट साथीसँगै कतै गइरहेका थिए । आफ्नो सुरमा हिडिरहेका अब्राहमलाई बाटोमा भेटिएका एक मजदुरले झुकेर प्रणाम गरे । मजदुरको जवाफमा लिंकनले पनि उसैगरी झुकेर मजदुरलाई प्रणाम गरे । यो देखेर साथीले लिंकन लाई सोधे– तपाइले त्यो सामान्य मजदूरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुभएको ? साथीको प्रश्न पछि अब्राहम लिंकनले जवाफ दिए – महोयद म चाहन्न कि नम्रतामा कोही म भन्दा अगाडि जाओस् । यो सुनेर उनको साथीको शिर लाजले निहुरियो ।
त्यस्तै मदर टेरेसा सबैकी प्रिय र आदरणीय व्यक्ति हुन् । उनले आफ्नो जीवनलाई सार्थक बनाउन उपयोगी कुरा गरेकी छन् । जुन अहिले सबैले अनुकरणयोग्य भनाई भन्ने गरेका छन् । हेर्नुहोस् मदर टेरेसाका १० मननीय भनाई जुन तपाईंलाई उपयोगी बन्न सक्छ ।
१ शान्तिको सुरुवात मुस्कानबाट हुन्छ । २ यति तपाईंको जीवन अरुका लागि होइन भने त्यो जीवन, जीवन नै होइन । ३ यदि तपाईंले १०० जनालाई खुवाउन सक्नुहुन्न भने एकजनालाई मात्र भएपनि खुवाउस् । ४ हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ, आउनुहोस् यसैलाई भब्यताका साथ मनाऔं ।
५ हामीसँग अहिले शान्ति फिटिक्कै छैन किनकी हामीले हामी एक अर्काका लागि हौं भन्ने कुरा नै बिर्सियौं । ६ रोटीको भोक मेटाउन सजिलो हुन्छ तर प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ । ७ प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो । ८ मात्र टिप्न जान्नु पर्छ । ९ विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? शुुरुमा घर गएर आफ्नो परिवारलाई माया गर शान्ति त्यहींबाट शुरु हुन्छ । १० सबैभन्दा ठूलो रोग भनेकै कसैका लागि केही बन्न नसक्नु हो । ११ यदि तपाईंले व्यक्तिलाई मूल्यांकन गर्न थाल्नुभयो भने उसलाई प्रेम गर्न बिर्सनुहुन्छ ।