मंसिरमै अपनिर्वाचन गराउने तयारी: निर्वाचन आयोज

मंसिरमै अपनिर्वाचन गराउने तयारी: निर्वाचन आयोज

गाउँले न्युज, १० साउन, काठामाण्डौ । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा आगामी मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी मिति तोक्न सरकारसंग परामर्श गर्ने बताएको छ ।
निर्वाचनका लागि आवश्यक पर्ने सबै स्रोत र साधनको कार्यबिधी बनाइरहेको जानकारी दिंदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने–‘उपनिर्वाचन गराउन के के आवश्यक छ ? के कस्तो अवस्था छ भन्ने बुझ्ने काम भइरहेको छ । ती कार्य सकिएपछि सरकारसंग परामर्श गर्ने छौं ।’ निर्वाचनसम्बन्धी ऐनमा सरकारले आयोगसंग परामर्श गरेर निर्वाचनको मिति तोक्ने प्रावधान छ ।

आयोगले उपनिर्वाचनका लागि ७७ वटै जिल्ला निर्वाचन, जिल्ला प्रशासन र तोकिएको इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको बताइएको छ । यो कार्य उपनिर्वाचनको मिति घोषणा नभएसम्म जारी रहने आयोगले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका