जिमी (राई) उत्थान समाज सोलुले किरात भाषिक कविता रचना र बाचन कार्यक्रम गर्ने

जिमी (राई) उत्थान समाज सोलुले किरात भाषिक कविता रचना र बाचन कार्यक्रम गर्ने

गाउँले न्युज, १० साउन, काठमाडौँ । जिमी (राई) उत्थान समाज सोलुले (भोली श्रावण ११ गते) शनिवार मातृ भाषा कविता रचना वाचन तथा ”मेरो संस्कृति” नामक चित्रकला कार्यशालाको कार्यक्रम आयोजना गर्ने भएको छ ।

काठमाण्डौको सुकेधारा स्थित नव दुर्गा पार्टी प्यालेसमा सन्चालन हुने कार्यक्रममा सह-आयोजकको रुपमा किरात खालिङ राई उत्थान संघ, बाहिङ किरात मुलुखिम, नेपाल किरात कुलुङ भाषा तथा सस्कृती उत्थान संघ, अर्जुन खालिङ फाउन्डेसन र थुलुङ राई सास्कृतिक प्रतिस्ठान रहेको कार्यक्रमका सम्योजक रामरतन खालिङ राईले बताए ।

कार्यक्रममा किराती मातृभाषाहरु कुलुङ, खालिङ, थुलुङ, बाहिङ र नाछिरिङ भाषामा लेखिएको रचनालाई समावेश गरिनेछ भने वाचन स्वयम् सर्जक उपस्थित भई गर्नुपर्नेछ । भातृभाषाका रचनाकारलाई सहभागीताको प्रमाणपत्रसहित सम्मान गर्ने र रचनाहरु समाजको वार्षिक मुखपत्र प्रवाहमा प्रकाशन गर्ने सम्योजक राईले बताए ।

‘मेरो संस्कृति’ नामक चित्रकला कार्यसलामा १४ वर्ष भन्दा मुनिका बालबालिकाले मात्रा सहभागिता जाउन पाउने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका