भत्किएको फाप्लु विमानस्थल पार्किङको ठेकेदारद्धारा प्रशासनको आदेशको अवज्ञा

भत्किएको फाप्लु विमानस्थल पार्किङको ठेकेदारद्धारा प्रशासनको आदेशको अवज्ञा

गाउँले न्युज, ८ साउन, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुन्ड नगरपालिका स्थित फाप्लु विमानस्थलको पार्किङस्थल निर्माणको जिम्मा लिएको निर्माण कम्पनी सम्पर्कमा आउन आलटाल गरेको छ ।
फाप्लु बिमान स्थलमा निर्माणाधिन विमान पार्किङ तथा घेराबार भत्किन थाले पछि जिल्ला प्रशासन कार्यालयल सोलुखुम्बुले निर्माण कम्पनिलाई ७ दिन भित्र लिखित जवाफ सहित उपस्थीत हुन दिएको निर्देशनलाई निर्माण कम्पनिले अटेर गरेको हो ।
विभिन्न सञ्चार माध्यममा विमानस्थलको पार्किङ निर्माण सम्पन्न नहुदै भत्किएको समाचार आए पछि प्रशासनले स्थलगत निरिक्षण गर्दै साउन १ गतेको मितिले ७ दिन भित्र लिखित जवाफ सहित उपस्थित हुन पत्राचार गरेको थियो । तर प्रशासनले तोकेको समय मगंलबार सकिएको भए पनि निमार्ण कम्पनि उपस्थित हुन नसेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।
पत्रको जवाफ इमेल मार्फत प्राप्त भए पनि निर्माण कर्ता भने सम्पर्कमा आउँन सकेको छैन् । लिखित जवाफ समेत चित्तबुझ्दो नभएकाले कानुनी प्रकृया अघि बढाईने प्रजिअ रानाको भनाई छ ।
नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाखको लागतमा काष्टमण्डप उमा एण्ड कम्पनी जेभीले निर्माण जिम्मा पाएको थियो ।

साभार: सोलु एम एम

https://gaulenews.com/?p=47306

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका