गाउँले न्युज, ३ आउन, सोलुखुम्बु । निरन्तर बर्षा पछीको बाडी र पहिरोले अब्रुद्व मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि आज (शुक्रबार)देखि सन्चालन भएको छ ।
सडकमा गएको छ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो आज (शुक्रबार) बिहानदेखि दुइतर्फी नै खुलेको प्रहरीले जनाएको छ ।
सोलुखुम्बु ओखलढुङ्गा र खोटाङबाट समेत काठमाडौ जाने सवारी सुचारु भएको छ । खुकोर्ट घुर्मिको सडक खुलेसँगै जिल्लाबाट बाहिर जाने र आउने यात्रुहरु आउने क्रम बढेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताए ।
सडकमा गएको पहिरो पन्छाए पछि सवारी सन्चालन भइरहेको ओखलुङगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनु दिए । उदयपुर सडक खण्डमा केहि समस्या रहेको र अन्य स्थानमा निर्वाध रुपमा सवारी सन्चालन भइरहेको यातायात व्यवसायिले जनाएका छन् । उदयपुर खण्ड पनि दिउँसो पछि सुचारु हुने प्रमुख जिल्ला अधिकारी धु्रब बहादुर खड्काले जानकारी दिए ।
साभार: सोलु एफ एम
https://gaulenews.com/?p=47210
https://gaulenews.com/?p=47180