‘द डार्क एण्ड लाईट’ को ट्रेलर र गीत सार्वजनिक

‘द डार्क एण्ड लाईट’ को ट्रेलर र गीत सार्वजनिक

गाउँले न्युज, ३१ असार, काठमाडौं । खालिङ सिस्टर मूभिज प्रालिको बयानरमा निर्मित फिल्म ‘द डार्क एण्ड लाईट’ले प्रचार–प्रसार सुरु गरेको छ । फिल्म युनिट टिमले पत्रकार सम्मेलनमा फिल्मको अफिसियल ट्रेलर र ‘राधा किसन’ बोलको गीत सार्वजनिक गर्दै प्रचार सुरु भएको जनाएको हो ।
सार्वजनिक गरिएको गीतमा भने राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत तथा डेविड शंकर र सरस्वती भूजेलको स्वर रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद पिटर खालिङ राईले लेखेका हुन् । पिटर र स्वरस्वतीको संयुक्त लगानीमा तयार भएको फिल्मलाई राजु अर्यालले निर्देशन गरेका हुन् ।
उक्त फिल्ममा पिटर खालिङ, सरस्वती भूजेल, शेसुका राई, मरिष्का पोखरेल, मनिल तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । निर्माण यूनिटले यो फिल्ममा एक्सन लभस्टोरीमा केन्द्रित रहेको जानकारी दियो ।

भदौ ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो फिल्म सरोज शर्मा र सुनिता भट्टराईले वितरण गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका