गाउँले न्युज, २९ असार, काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ भने ३५ जना वेपत्ता भएका छन ।
प्रहरीका तथ्याङ्क अनुसार सबैभन्दा धेरै प्रदेश न १ मा १७ जनाको मृत्यु भएको छ भने प्रदेश न ३ मा १२ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा ८ जनाको मृत्यु भएको छ ।
प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक-एक गरी जम्मा दुई जनाको मृत्यु भएको छ भने कर्णाली प्रदेशमा पनि २ जनाको मृत्यु भएको छ ।
जिल्लागत विवरणलाई हेर्दा ललितपुर र भोजपुरमा पाँच-पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साभार:अनलाईनखबर
https://gaulenews.com/?p=47160
https://gaulenews.com/?p=47152