गाउले न्युज-असार २७ शुक्रबार काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यती एयरलाइन्सको विमान चिप्लिएको छ ।
नेपालगञ्जबाट यात्रु बोकेर आएको एटीआर–७२ को यती एयरलाइन्सको जहाज अवतरणका क्रममा जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।
दुर्घटना हुँदा २ जना यात्रु घाइते भएका छन् । जहाजमा चालक दलका ४ र यात्रु ६६ गरी जम्मा ७० जना थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ । धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानको उडान अवतरण अवरुद्ध भएको छ ।
निरन्तर बर्षा को कारण अझै अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ ।
https://gaulenews.com/?p=47122
https://www.youtube.com/channel/UCBI86hKRVKrCmZXAS-fTcPA