दावाफुटी शेर्पा स्पेनका लागि नयाँ राजदूतमा सर्वसम्मत

दावाफुटी शेर्पा स्पेनका लागि नयाँ राजदूतमा सर्वसम्मत

गाउँले न्युज, २४ असार, काठमाडौं । पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत बन्ने पक्का भएको छ । सोमबार शेर्पा लगाएत अन्या ३ देशका लागि संसदीय सुनुवाई समितिले सर्बसमत बाट नाम अनुमोदन गरेका छन ।
शेर्पा सङै वंशीधर मिश्र बंगलादेश, डा.नारदनाथ भारद्वाज कतार र महेशराज दाहाल अष्ट्रेलियाको लागि नाम अनुमोदन भएको हो ।
जेठ दोस्रो हप्ता बसेको मन्त्रिपरिषदको बैठकले चार देशमा राजदूत नियुक्तिको निर्णय गरेको थियो ।
२०३८ सालमा जन्मेकी दावाफुटी अमेरिकामा अध्ययन गरेर भर्खरैमात्रै नेपाल फर्किएकी हुन् । कुनै पनि उजुरी नपरेका उनलाई आज सुनुवाइका क्रममा पनि सांसदहरूले उनको अनुभव क्षमताबारे प्रश्न सोधेका थिए ।
उनका बुबा लाक्पा सोनाम शेर्पा यति एयरलाइन्सका कार्यकारी अध्यक्ष तथा थामशेर्कु ट्रेकिङका सञ्चालक हुन् । सोनामका भाइ आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसँगै निधन भएको थियो । उनको निधन पछि लाक्पा सोनाम यति एयरलाइन्सको कार्याकारी अध्यक्ष भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका